१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पुनःनिर्माण लाभग्राहीको सूचीमा १७ सय लाभग्राही थप


65
Shares

काठमाडौं, चैत ५ । निजी आवास पुनःनिर्माण लाभग्राही सूचीमा १७ सय लाभग्राही थपिएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १३ हजार ३८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १३०औं बैठकले ४८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको जनाएको छ ।

योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट संकलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार ३०१ को नतिजा आएको छ ।

नतिजाअनुसार १७ हजार १०६ पुननिर्माण लाभग्राही र ८ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणले जनाएको छ ।