९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


इस्तानबुलको विमानस्थल आक्रमणमा ‘११ जना रसियाली नागरिक पनि संलग्न’


0
Shares

इस्तानबुल, असार २१ । गत मंगलबार टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको जनाइएको छ ।

इस्तानबुल प्रहरीले गरेको अनुुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि संलग्नता रहेको पाइएको जानकारी दिइएको छ ।

मंगलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवदेनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्षरुपमा संलग्नता रहेका ३० जना पाइएको जनाइएको छ ।

त्यसमा ११ जना रसियाली भेटिएको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा ६ जना टर्कीस् नागरिकको संलग्नता भेटिएको पनि प्रहरीले जनाएको छ ।

गत जुन २८ मा इस्तानबुलको एक विमानस्थलमा भएको सो आतंककारी हमला ‘आइएस’को योजनामा नै भएको पुष्टि भएको टर्कीस् प्रहरीले जनाएको छ ।

सो हमलामा परी ४५ जनाको ज्यान गएको थियो । मारिनेमा १९ जना विदेशी रहेका थिए ।

त्यसमा परी थप दर्जनौं व्यक्ति घाइते भएका छन् । रासस/एएफपी