१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


श्रीमतीलाई एसिड छ्याप्ने पक्राउ


0
Shares

राजविराज, असार २१ । सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाब छ्यापेर गम्भीर घाइते बनाएका छन् ।

४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)