६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रदर्शन नहुँदै चलचित्र ‘गाँठो’लाई ५० लाख बढी आम्दानी


0
Shares

काठमाडौं, असार २० । पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘गाँठो’ले रिजिल अगाबै आफ्नो लगानी सुरक्षित गरेको छ । पछिल्लो समय नेपाली फिल्महरु नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिती बिस्तारै पातलिदै गएको छ ।

कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा चलचित्र किनेको हो । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेको चलचित्र भएकाले गाँठोेको लागी उक्त पैसा तिर्न आँट गरेको कमेरो इभेन्टका राजिव भुषालले बताए । साथै अष्ट्रेलियाबाटै अगष्ट २७ तारिक का दिन गाँठोले वल्र्ड प्रिमियर गर्दैछ ।

त्यस्तै ३५ लाखमा यस अघि नै हाईलाईटस् नेपाललाई गाँठोको डिजिटल राईट्स बेचिएको छ । भ्याली भित्र वितरणको जिम्मा लिएका गोबिन्द शाही बाट १० लाख एडभान्स लिइसकेको र भ्याली बाहीर बितरक एफडीले मिनिमम २० लाख ग्यारेन्टी गरिसकेको छ ।

साथै अमेरिका र युकेका लागी ओभसिज राईट्सका लागी कुरा भैराखेको र केही दिनमा लगभग फाईनल हुने बताउदै यी दुई देशबाट आफ्नो लगानी लगभग सुरक्षित हुने निर्देशक सुरज भुषालले बताए ।

यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशन गरेका सुरजको मौंन समिक्षकहरुको नजरमा उत्कृष्ट चलचित्र हो भने होस्टेल रिर्टन्स् गत बर्षको ब्यवसायिक रुपमा सफल चलचित्र हो ।

गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र गाँठो भाद्र ३१ गते देखि देशभर रिलिज हुदैछ ।