९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


साउदीस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै आत्मघाती विस्फोट


0
Shares

रियाद, असार २० । साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दुतावास नजिकै संदिग्ध हमलाकारीले आत्मघाती विस्फोट गराएको हो । विस्फोटमा दुई प्रहरी घाइते भएको जनाइएको छ ।

हमलाकारीको भने मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाले स्वतन्त्रता दिवस मनाउँदै गर्दा साउदीस्थित वाणिज्य दुतावास नजिकै सो विस्फोट भएको हो । (एजेन्सी)