
काठमाडौं, असार २० । आतंकवादी आक्रमणमा १२५ जना मारिएपछि इराकमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
इस्लामिक अतिवादी समूह समूह आईएसले श्रृंखलावद्ध रुपमा विष्फोट गराएको क्षेत्रको अवलोकन गरेपछि प्रधानमन्त्री हैदर अल अवादीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।
घटनास्थलको अवलोकन गर्न गएका प्रधानमन्त्री अवादीप्रति सर्वसाधारणले आक्रोस पोखेका थिए ।
रमादान सकिएको अवसरमा बजारमा सामान खरिद गर्न गएका समयमा राजधानी बग्दादमा आइएसले गराएको श्रृंखलाबद्ध बिस्फोटमा अरु १५० जना घाइते भएका छन् ।
मारिनेमा १५ जना बालबालिका परेका छन् । ६ जना प्रहरी पनि मारिएका छन् । इराकी सेनाले फलुजा शहर आइएसको नियन्त्रणबाट बाहिर ल्याएपछि आइएसले गरेको यो दोश्रो ठूलो आक्रमण हो ।
अमेरिकाले यस घटनाले इराकलाई साथ दिनुपर्ने निर्णय अझ सार्थक बनेको प्रतिक्रिया दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्