
पोखरा, असार १९ । पर्वत घर भई हाल पोखरा बस्दै आएका एक युवाले घरायसी सामग्री प्रयोग गरेर अत्याधुनिक विज्ञानका सामग्रीहरु निर्माण गरेका छन् ।
पर्वत भोकसिङका १९ वर्षीय राजन गुरुङले हातको सेन्सर आदेशले चल्ने तोप, गुड्ने र उड्ने कार, बर्थ डे क्यान्डिल, मार्वल प्ले डिभाइस, धनुषबाँण, म्युजिक प्ले लगायतका सामग्री बनाएका हुन् ।
उनले बनाएका सामग्रीहरुको आइतबार पोखरामा प्रदर्शन गरिएको छ । बाँस, फलाम, पुराना रेडियो, टेलिभिजन तथा लाईटका सामग्रीहरु प्रयोग गरेर यस्ता उपकरणहरु तयार गरेको गुरुङले जानकारी दिएका छन् ।
प्राविधिक शिक्षा पढ्न धोको भए पनि आर्थिक संकटका कारण पढ्न नसकेको गुरुङले बताएका छन् ।
रातिमा सेक्युरिटी गार्डको काम गर्दै आएका गुरुङले दिउँसोको समय सदुपयोग गर्दै यस्ता सामग्रीहरु बनाएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्