१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लियोनेल मेसीको समर्थनमा प्रदर्शन


0
Shares

अर्जेन्टिना, असार १९ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेसीलाई राष्ट्रिय टीममा फर्काउन दबाब दिंदै अर्जेन्टिनामा ब्यापक प्रदर्शन भएको छ ।

अर्जेन्टिनाको ओबेलिस्को स्मारकमा हजारौं युवायुवती भेला भई मेसीलाई राष्ट्रिय टीममा फर्कन आग्रह गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

कोपा अमेरिका कपमा चिलीसँग पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसीले राष्ट्रिय टीमबाट सन्यास लिने घोषणा गरेका थिए । उनको घोषणा लगत्तै अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्रीदेखि फुटबलका महान हस्ती डिएगो म्याराडोनाले समेत ब्यक्तिगत रुपमा प्रयास थालेका थिए ।

मेसीले भने आफू टीममा फर्कने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।