
काठमाडौं, असार १९ । सर्वीयन टेनिस खेलाडी नोभाक जोकोभिच यस वर्षको विम्बल्डन टेनिसको तेस्रो चरणबाटै बाहिरिएका छन् ।
इंग्लण्डमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको तेस्रो चरणमा जोकोभिचलाई अमेरिकाका साम क्वेरेले ३÷१ ले हराए ।
वर्षाको कारण पहिलो दिन अवरुद्ध भएपछि दोस्रो दिन सम्पन्न खेल क्वेरेले ७-६, ६-१, ३-६ र ७-६ ले जिते । यो हारसँगै जोकोभिचको वर्षका सबै चारवटा ग्रान्ड स्लाम टेनिस जित्ने संभावना समाप्त भएको छ ।
उता ब्रिटिश खेलाडी एण्डी मरे भने प्रतियोगिताको चौथो चरणमा उक्लेका छन् । तेस्रो चरणमा अष्ट्रेलियाका जोन मिलम्यानलाई ६-३, ७-५ र ६-२ को सोझो सेटमा हराँउदै मरे चौथो चरणमा पुगेका छन् ।
विम्बल्डन टेनिसका तेस्रो चरणका अन्य खेलमा विजयी हुँदै क्यानाडाका राओनिक, जापानका निशिकोरी र क्रोएशियाका सिलिच पनि चौथो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्