१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


इटालीलाई हराँउदै जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं, असार १९ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको बोर्डोमा शनिबार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मिनेटसम्म दुबै टोलीले एक एक गोल गरे ।

खेलमा जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेपनि ईटालीका लियानार्दो बोनुचीले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकेरमा पुग्यो ।

टाई ब्रेकरको सुरुवाती पाँच प्रहारमा दुबै टोलीले २-२ गोल मात्रै गरे । यसपछि सडन डेथको चौथो प्रहारमा ईटालीका माटियो डार्मीयान गोल गर्नबाट चुकेपछि जर्मनीले खेल जित्ने मौका पायो ।

यही अवसर सदुपयोग गर्दै जर्मनीका जोनास हेक्टरले टोलीलाई विजयी गराँउदै सेमिफाइनलसम्म पुर्याए ।

जर्मनीले अब युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र आइसल्याण्डविचको अन्तिम क्वाटरफाईनल विजेताको सामना गर्नेछ ।

यो खेल आइतबार राती हुनेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पोर्चुगल र वेल्स भिड्नेछन् ।