९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रहरी हिरासतबाटै थुनुवा भागेपछि खैलाबैला मच्चियो


0
Shares

झापा, असार १८ । जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज राई कामी प्रहरी हिरासतबाटै फरार भएपछि इलाका प्रहरी कार्यालय दमकमा खैलाबैला मच्चिएको हो ।

उनी शुक्रबार साँझ फरार भएको बताइएको छ ।

शुक्रबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान पार्टीले दमकमा आयोजना गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन लिम्बूसहितको प्रहरीको टोली कार्यक्रमस्थलमा रहेकाबखत् खाना खानेक्रममा उनी मेसबाट पर्खाल नाघेर फरार भएको बताइएको छ ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी गत असार ५ गतेदेखि प्रहरी हिरासतमा थिए । रासस