६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अनमोल केसीलाई ‘स्टार अफ द इअर’ अवार्ड


0
Shares

काठमाडौं, असार १८ । पहिलो ‘राष्ट्रिय सान अवार्ड’बाट कलाकारहरु सम्मानित भएका छन् ।

नेपाल चलचित्र कलाकार संघको आयोजनामा शनिबार राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कलाकारहरुलाई सान अवार्डबाट सम्मानित गरेका हुन् ।

कार्यक्रममा नायक राजेश हमाल र नायिका रेखा थापालाई ‘स्टार अफ द डिकेड’ अवार्ड प्रदान गरिएको हो ।

यस्तै, अनमोल केसीलाई ‘स्टार अफ द इअर’ अवार्ड प्रदान गरियो ।

छाँयाकनमा पुरुषोत्तम प्रधान, द्धन्द्ध निर्देशकमा हिमाल केसी, गायनमा पशुपति चौलागाइँ र अन्जु पन्तलगायतलाई सम्मान गरिएको थियो ।