
काठमाडौं, असार १८ । यूरोकप फुटबलमा वेल्सले इतिहास रचेको छ । पहिलो सहभागितामै युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेर उसले इतिहास रचेको हो ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले हराएर वेल्सले कुनै पनि मूख्य प्रतियोगिताको अन्तिम चारमा पहिलो पटक स्थान बनाएको हो ।
५८ वर्षपछि मूख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको वेल्सले विश्व बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई हराएर इतिहास बनायो । १३ औं मिनेटमा राडेजा नाइनग्गोलानले गोल गर्दै बेल्जियमले सुरुवाती अग्रता लिए पनि यो धेरैबेर टिक्न सकेन ।
३० औं मिनेटमा वेल्सका कप्तान एश्ली विलियम्सले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । बलमा नियन्त्रण बेल्जियमको बढी देखिएपनि दोस्रो हाफमा वेल्सले थप दुई गोल गर्यो।
अहिलेसम्म कुनै पनि क्लबको नजर नपरेका हाल रोब्सन कानुले ५५ औं मिनेटमा गोल गर्दै वेल्सलाई २–१ को अग्रता दिलाए । ५५ औं मिनेटमा साम भोक्सले गोल गर्दै ३–१ को जित दिलाए ।
वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानले क्वाटरफाइनलको खेललाई सन् १९५८ पछिकै वेल्सको सबैभन्दा ठूलो खेल रहेको बताएका थिए ।
वेल्स सन् १९५८ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले यसअघि प्राप्त गरेको सबैभन्दा ठूलो सफलता भनेको सन् १९५८ को विश्वकपमा हंगेरीलाई २–१ हराउनु थियो ।
यस्तै सन् १९९१ मा विश्व विजेता जर्मनीलाई पनि वेल्सले हराएको थियो । वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
प्रतिक्रिया दिनुहोस्