१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


पल्सर स्पोर्टस् अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, को–को परे ?


0
Shares

काठमाडौं, असार १७ । पल्सर स्पोर्टस् अवार्ड २०७२ का लागि पिपल्स च्वाइस अवार्ड विधाको मनोनयनमा पर्ने पाँच खेलाडीको नाम शुक्रबार सार्वजनिक भएको छ ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा टेबल टेनिसकी नवीता श्रेष्ठ, फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली परेका छन् ।

उनीहरुलाई एसएमएस र फेसबुकमार्फत् भोट गर्न सकिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

अघिल्लो संस्करणमा जस्तै ४ ओटा फेसबुक लाइकको एउटा एसएमएस भोटिङ मानिनेछ ।

मञ्चले एसएमएसका लागि ‘टीएचटी लाइभ’सँग सम्झौता पनि गरेको छ ।

यो वर्षको पल्सर स्पोर्टस् अवार्डमा बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक, पिपल्स च्वाइस, वर्षका उत्कृष्ट पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी र समग्ररुपमा नेपाली खेलकर्मी सम्मानित हुँदैछन् ।

साउन ६ गते आयोजना हुने अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै, अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।