२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्राविधिक मेला सुरु


0
Shares

काठमाडौं, असार १७ । १३औं राष्ट्रिय प्राविधिक मेला शुक्रबारदेखि राजधानीमा सुरु भएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेजअन्तर्गतको इलेक्ट्रोनिक, इलेक्ट्रोनिस तथा कम्प्युटर इन्जिनियरिङ विभागका विद्यार्थीहरुको आयोजना गरिएको राष्ट्रिय प्राविधिक मेलामा विद्यार्थीहरुले प्रयोगात्मक परीक्षामा बनाएका सामग्रीहरु राखिएका छन् ।

उद्घाटन कार्यक्रममा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले विज्ञान र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।

मेलामा १० ओटा इन्जिनियरिङ कलेजहरुका विद्यार्थीले बनाएका सामग्रीहरु राखिएका छन् । मेला तीन दिनसम्म चल्नेछ ।