९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


साडीको पासो लगाएर पंखामा झुन्डिए युवक


0
Shares

महोत्तरी, असार १७ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–४ मा शुक्रबार मध्याह्न पंखामा झुन्डिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ बस्ने सीताराम साह सोनारको छोरा २८ वर्षीय सन्तोष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केहि दिनदेखि तनावमा रहँदै आएका युवक शुक्रबार मध्याह्न १२ः३० बजेतिर घरमा कोही नभएको बेला आफ्नै सुत्ने कोठामा रहेको पंखामा साडीको पासो लगाइ झुन्डिएकोे प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

सन्तोषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस