
बेइजिङ, असार १७ । चीनमा एक युवतीको व्यापक चर्चा भइरहेको छ । एउटा सार्वजनिक कार्यक्रममा उनलाई उपस्थित गराइँदा उनीसँग तस्वीर खिचाउनेको लर्को लागेको थियो ।
यिनको नाम जिया जिया हो । हेर्दा आम मानिसजस्तै लाग्ने भए पनि यिनमा प्राण छैन । अर्थात् एक रोबोट हुन् यिनी ।
चिनियाँ युवतीको रुपमा तयार पारिएको यो रोबोट हेर्दा जो कोही चकित हुन्छन् । किनकी यो रोबोटले मानिस झैं ओठ चलाएर बोल्ने, आँखा झिमझिम पार्ने गर्दछ ।
नजिकै पुगेर हेर्दा पनि यो एक उपकरण हो भनेर ठम्याउन कठिन हुन्छ । किनकी हुबहु चिनियाँ युवतीको वर्ण, रुप र पहिरनमा यो रोबोट उभिएको देख्दा स्वाभाविक रुपमा मानिसले यसलाई युवती नै ठान्छन् ।
हालै यसलाई एक समारोहबीच सार्वजनिक गर्दा धेरैले रोबोटसामू उभिएर सेल्फी पनि लिए ।
यो रोबोट साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटी चीनका केही विद्यार्थीले तयार पारेका हुन् । यसको निर्माणमा तीन वर्ष लागेको बताइन्छ ।
मानिस र रोबोटबीच धेरै हदसम्म समानता देखिने गरी यसको निर्माण गरिएको छ । मेसिन र मानिसबीचको मेललाई आधार बनाएर यसको प्रोग्राम तयार पारिएको छ ।
सो युनिभर्सिटीका विद्यार्थीहरुले यस्तो रोबोट अझ बढी संख्यामा निर्माण गर्ने आफ्नो योजना सुनाए । भविष्यमा यस्तो रोबोटलाई के–कस्ता काममा परिचालन गरिने हो भन्ने प्रष्ट पारिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्