९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


घाँटी रेटेर हिन्दु पुजारीको हत्या


0
Shares

ढाका, असार १७ । बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।

हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बंगलादेशमा यसअघि पनि हिन्दु पुजारीको हत्या भएको थियो । (एजेन्सी)