९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काबुलमा फेरि आत्मघाती विस्फोट, कम्तिमा ३० जना मारिए


0
Shares

काठमाडौं, असार १६ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिएका छन् ।

मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

काबुलभन्दा केही किलोमिटर टाढा बारदाक प्रान्तमा रहेको प्रहरी प्रतिष्ठान केन्द्रका सुरक्षाकर्मी चढेको बसमा एकैचोटी गराइएको दुईओटा आत्मघाती विस्फोटमा उनीहरु मारिएका हुन् ।

उनीहरु काबुलतर्फ जाँदै थिए । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् ।

गत हप्तामात्र काबुलमा भएको तालिबानको आक्रमणमा क्यानेडेली दूतावासमा कार्यरत् नेपाली सुरक्षागार्डसहित १४ जना मारिएका थिए । (एजेन्सी)
फाइल फोटो