
ट्युनिस, असार १६ । टर्कीको विमानस्थलमा बुधबार भएको आतंककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीकारुपमा आशंका गरिएको छ ।
मारिने ती व्यक्ति पटक–पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक–पटक टर्की पुगेको देखिएको हो ।
टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स (आइएस)ले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला गरेको बताउने गरिएको छ ।
टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सो हमलमा आइएसको हात रहेको भनी बुधबारदेखि नै भन्दै आएका छन् ।
उनकाअनुसार आक्रमणको प्रकृति र यसको हमलाको शक्तिको आँकलन गर्दा त्यस्तो देखिएको हो ।
ती ट्युनिसियालीको नाम फथी बेयुद रहेको छ ।
उनी यसअघि बारम्बार टर्की जाने गरेका र उनले आफ्नो छोरा टर्कीमा आइएसमा लागेको भनेर थुनामा परेकोले उसलाई छुटाउनका लागि गएको भनी कारण दिने गरेका थिए ।
उनको छोरा सिरियामा आइएसमा जानका लागि हिँडेको र टर्कीमा पक्राउ गरी जेलमा राखिएको बताइएको थियो ।
योपटक पनि उनले आफ्नो छोराको रिहाइका लागि आवश्यक प्रक्रिया पुर्याउनका लागि टर्की गएका जनाएका थिए ।
ट्युनिसियाको रक्षा मन्त्रालयले पनि उनी योपटक टर्की गएको कारणमा त्यही रहेको पत्ता लागेको जनाएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्