
सप्तरी, असार १६ । लागू औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेका इलाका प्रहरी कार्यालय कडोरवनाको हिरासत कक्षबाट असार २ गते भागेका सिशुवाबेली–१ बस्ने १६ वर्षीय राकेश बिकलाई भारततर्फबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
हाते पंखाले हिरासत कक्षको ताला खोली बिकसहित धनगढी–३ बस्ने १४ वर्षीय रुपककुमार साह र झैंझगडा सम्बन्धमा अनुसन्धानको लागि थुनामा रहेका तित्रापश्चिम–१ बस्ने २४ वर्षीय कैलाश तिवारी फरार भएका थिए ।
फरार अन्य २ जनाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्