
काठमाडौं, असार १६ । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिने घोषणा गरेपछी भावी प्रधानमन्त्रीका लागि बिभिन्न नेताहरुले आ आफनो दाबेदारी प्रस्तुत गरेका छन् ।
गृहमन्त्री थेरेसा मे र बेलायतका पूर्व मेयर बोरिस जोनसन टोरीले प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गरेका छन् । यसैबीच पूर्व रक्षा मन्त्री लियाम फाक्स र पेन्सन मन्त्री स्टीफन करैबले पनि प्रधानमन्त्रीका लागी आफूहरु लायक भएको भन्दै भावी प्रधानमन्त्रीका लागि नाम पेश गरेका छन् ।
यद्दपी प्रधानमन्त्रीको फैसला आगामी सेप्टेम्बर ९ मा हुने छ । युरोपियन युनिएन ईयुमा रहने कि नरहने भन्ने बिषयमा भएको जनमत संग्रहमा बेलायत अलिगिने भएपछी ईयुमा रहने पक्षमा रहेका प्रधानमन्त्री क्यामरुनले राजीनामा दिने घोषणा गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्