७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भगवान मन्त्रीलाई मान्छे बनाउ !


0
Shares

आस्था थापा –

आर्थिक क्रान्ति कृषिबाट मात्रै सम्भव भएको दावी गर्दै आएका कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवसको अवसर पारेर गमलामा धान रोपे । यसले कृषिमन्त्री र उनका सल्लाहकारहरुलाई राम्रै रामइलो दिए होला तर मुलुकभरका कृषकलाई भने ठूलो अपमान भएको छ ।

गतवर्ष धान दिवसकै अवसर पारेर खेतमा पुगेका कृषिमन्त्री हरि पराजुलीको मदिरा लिला भुल्न नपाउँदै यो सरकारका कृषिमन्त्री गजुरेलको गमला लिला देख्नु परेको छ ।संयोग भन्नु पर्छ , दुवै मन्त्री कम्युनिष्ट हुन । हरि पराजुली संसदीय राजनीतिमा पोख्त भएका भए पनि आफुलाई सर्वहाराको नेता भन्न चुक्दैनन् । यता गजुरेललको कुरै नगरौँ । दसौँ हजार मान्छे मारेर नेता बनेका गजुरेल अलि बढी भावुक छन् । उनलाई अहिले चलचित्रमा देखाईएको विभेद र पीडा हेर्दा पनि डाँको छोडेर रुन मनलाग्छ । रुन्छन् पनि ।

मन्त्री गजुरेल हुन या पराजुली यी दवैका रवैयाले मुलुक र जनताको घोर अपमान गरेको छ । तर उनका कार्यकर्तालाई यो जीवनकै सबै भन्दा उत्कृष्ट लागेको हुनुपर्छ ।
नेपाली नागरिकले अब यस्ता नेताको आलोचना गर्नु भन्दा पनि भगवानको आलोचना गर्नु पर्ने बेला भएको छ । कस्ता नेता दियौँ , भगवान१ किन विवेकको थोरै पनि ुलेसु भएन हाम्रा नेतामा । अब सबैले नेताको सद्बुद्धिका लागि प्रार्थना गर्नु पर्ने बेला आएको छ ।

आकाशे पानीको भरमा कृषिकर्म गर्न बाध्य कृषकहरु यसवर्ष समयमै वर्षा सुरु भएकाले दंग परेर खेतमा पसिना वघाइरहेका बेला युद्धबाट स्थापित मन्त्री गजुरेल बन्द कोठा भित्र केही कार्यकर्ताका माझमा गमलामा धान रोपेर धान दिवसको उद्घाटन गर्नु उनको कस्तो नैतिकता हो रु हाम्रा नेताहरु कस्ता मान्छेलाई सल्लहकार बनाउँछन् । यो घटनाले कृषिप्रधान देशको त बेइज्जत भयो नै संसार भरका धान किसानहरुले अपमान भएको महसुश गरेका होलान् ।

गत वर्ष रु २५ अर्बको चामल आयात भएको सरकारी तथ्याङ्क छ । गेडागुडी जन्य र अन्य खाद्यान्नको हिसाब किताब छुट्टै छ । करिब ३६ वर्ष अघि सम्म नेपालले चामल निर्यात गर्ने गरेको तथ्याङ्क समेत सरकारी निकायसंगै छ । वितेका ३० – ३५ वर्षमा यता कृषि क्षेत्रमाथि लुट मच्याइएको छ । आफ्ना कार्यकर्तालाई अनुदानका नाममा पैसा बाढ्ने काम मात्र भएको छ । केही कृषिकको उन्नयनलाई देखाएर सरकारले कृषिमाथि ठूला कुरा गर्न सुहाउँदैन । २५ – २५ अर्बको चामल आयात हुने देशलाई कृषि प्रधान देश रे कस्तो मजाक !

नेपालमा मुख्य खाद्यान्नका रुपमा धानलाई लिने गरिन्छ । तर यसको उत्पादनमा सरकारी चासो उदेक लाग्दो छ । दिन प्रदिन खेती योग्य जमिनको प्लटिङ्ग गरिनु र कृषिकर्म गर्ने जनशक्तिको अभावले नेपालको कृषिक्षेत्र लगभग तहसनहस नै बनेको छ । तर सरकार यसबारेमा मौन छ । तालुकदार मन्त्री कहिले जाँड खाएर खेतमा जान्छन् त कहिले गमलामा धान रोपेर जग हसाउँछन् ।
छैठौँ कृषि गणनाले अब २५ लाख हेक्टरमा मात्र खेती हुन थालेको देखाएको छ ।एकातिर कृषि योग्य जमिन घट्दै जानु अर्को तिर कृषिमा काम गर्ने जनशक्ति नपाउँनु अवस्था भयाभह छ ।

हरेक कुरामा परनिर्भर रहेको मुलुकलाई सम्पूर्ण खाद्यान्नमा परनिर्भ पार्न खोज्नु मुलुकलाई भोकमरीमा पुर्याउने खेल खेल्नु हो । कृषि र किसानमाथि चर्का नारा र भाषणले मात्र कृषि उत्पादन बढ्ने होईन । मल माथिको राजनीति , विउविजनको अभाव र उत्पादनको असुरक्षाका कारण पनि नेपालको कृषि धरासायी बन्दै छ ,भन्ने कुरा बेलैमा बुझ्न जरुरी छ ।

वितेको दश वर्षमा धानखेती गर्ने जमिन १ लाख २९ हजारले घटेको तथ्याङक सार्वजनिक हुनु सचेत सरकार र मन्त्रीलाई पीडाको विषय हुनु थियो। तर यस्ता कुराको न हाम्रो सरकारलाई ध्यान छ , न त मन्त्रीलाई नै । बरु यस्तै दिवस कुरेर रमिता देखाउन भ्याइनभ्याइ हुने गरेको छ । यस्तो अवस्थामा फेरि पनि कामना गरौँ , भगवान हाम्रा नेता या मन्त्रीलाई मान्छे बनाइदेऊ ।