९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अमेरिकी कारवाहीमा २५० भन्दा बढी आइएस लडाकु मारिए


0
Shares

बग्दाद, असार १६ । इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको थियो ।

दक्षिणी फलुजामा भएको सो हवाई हमलाको विस्तृत विवरण दिइएको छैन ।

टर्कीको इस्तानबुलस्थित एक विमानस्थलमा आतंकवादी हमला भएको २४ घण्टा नबित्दै अमेरिकी नेतृत्वको गठबन्धनले आइएसविरुद्ध इराकमा कारवाही तीब्र तुल्याएको हो । पछिल्लो कारवाहीमा ठूलो सफलता मिलेको अमेरिकी सेनाले जनाएको छ । (एजेन्सी)