९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दक्षिण कोरिया, अमेरिका र जापानद्धारा पहिलोपटक संयुक्त मिसाइल अभ्यास


0
Shares

काठमाडौं, असार १५ । दक्षिण कोरिया, अमेरिका र जापानले पहिलोपटक संयुक्तरुपमा मिसाइल अभ्यास गरेका छन् । अमेरिकाको हवाई राज्यको समुद्रमा यो अभ्यास गरिएको हो ।

अभ्यासकाक्रममा कुनैपनि मिसाइलको प्रहार नभएपनि ब्यालेष्टिक मिसाइल रक्षात्मक प्रणालीको परीक्षण गरिएको बताइएको छ ।

उत्तर कोरियाले पछिल्लो समय लगातार मध्यमदूरीका ब्यालेष्टिक मिसाइल परीक्षण गरेपछि यी मुलुक संयुक्त अभ्यासमा जुटेका हुन् ।

चौथो आणविक हतियार परीक्षणसमेत गरिसकेको उत्तर कोरियाले संयुक्त अभ्यासलाई सैन्यरुपमा भड्काउने कार्य भनेको छ ।

संयुक्त राष्ट्रसंघले कुनैपनि ब्यालेष्टिक मिसाइल प्रयोगमा रोक लगाएपनि उत्तरले यसलाई लत्याउँदै आएको छ । (एजेन्सी)

फाइल फोटो