६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गीतमा देखाइयो ‘आमाकी बहिनी, बाबाकी साली’ (भिडियो)


0
Shares

काठमाडौं, असार १५ । गीतको शब्द, संगीत र स्वरले संगीतप्रेमीहरुको मन खिच्छ । तर मिङमा शेर्पाले स्वरमा सजिएको एउटा म्यूजिक भिडियोले दर्शक तान्न सफल भएको छ ।

‘आँशु झार्दिन म’, ‘छम छम तिमीले पाउजु बजाउँदा’ जस्ता लोकप्रिय गीतमा स्वर दिएका मिङमाको भर्खरै यूट्यूबमा सार्वजनिक भएको ‘जामा जामा’ बोलको गीतको रोमाञ्चक  भिडियोले दर्शकलाई  तानेको छ ।

गुम्बामा बौद्धमार्गीहरुको नृत्यबाट सुरु गरिएको गीतमा मिङमा, पेमा र केसाङको आकर्षक प्रश्तुती देख्न पाइन्छ । सोनाम पाख्रिनको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीको टीमले खिचेको हो ।

‘आमाकी बहिनी, बाबाको साली, मेरी सानिमा’बाट गीतको उठानका कारण सुन्न र हेर्न रमाइलो लाग्छ । त्यसबाहेक मोडलहरुको आकर्षक प्रस्तुती झनै रमाइलो छ । कर्मा डोमाको शब्द ,संगीत रहेको गीत मिङमाको स्वरमा लामो समयपछि भिडियो मार्फत आएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस