९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बेलायतको लेबर पार्टीका नेता जेरेमीविरुद्ध अविश्वासको प्रस्ताव पारित


0
Shares

काठमाडौं, असार १५ । बेलायतको लेबर पार्टीका नेता जेरेमी कार्बिनविरुद्ध पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव पारित गरेका छन् ।

लेबर पार्टीका सांसदहरुले जेरेमी कार्बिनका विरुद्ध ४० का विरुद्ध १ सय ७२ मतले अविश्वासको प्रस्ताव पारित गरेका हुन् ।

तर यो अविश्वासको प्रस्ताव जेरेमीका लागि बाध्यकारी नभएको बताइएको छ । जेरेमीले यो अविश्वासको प्रस्तावको कुनै संवैधानिक वैधता नरहेको बताएका छन् ।

लेबर पार्टीको यो घटनाअघि नै जेरेमीको विरोध गर्दै केही मन्त्रीहरुले राजीनामा दिइसकेका छन् । उनलाई ब्रिटेनलाई युरोपेली संघबाट बाहिर जानबाट रोक्नका लागि कुनै सशक्त अभियान नचलाइएको आरोप लगाइएको छ ।

डडलीका एक काउन्सिलर तथा लोकल गभरमेन्ट एसोसिएसनका पूर्व अध्यक्ष डेब स्पाक्र्सले जेरेमी कार्बिन पदबाट नहटे लेबर पार्टीको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् ।

उनले बीबीसीसँग पार्टीको नेतृत्व र काम गर्ने तरीका नबदले स्कटल्यान्डमा जस्तै इङ्ल्यान्डमा पनि लेबर पार्टी कमजोर हुने बताए । (एजेन्सी)