९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


श्रीमतीलाई गोली हानेर हिँडेका श्रीमानको झुन्डिएको अवस्थामा लाश भेटियो


0
Shares

गोरखा, असार १४ । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचार गर्न आरुघाटस्थित अस्पतालमा ल्याइएको छ ।

घरायसी विवादका कारण कामीले श्रीमतीलाई गोली हानेको बताइएको छ । श्रीमतीलाई गोली हानेर घाइते बनाएपछि कामीले घर छाडेका थिए ।

घरदेखि ५०० मिटर टाढा खनायोको रूखमा झुन्डिएको अवस्थामा कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । कामीको शव सोमबार साँझ फेलापरेको हो ।

प्रनाउ थापाले भने–‘घटनास्थलबाट एकथान भरुवा बन्दुक बरामद भएको छ ।’

घटना भएको ठाउँ दुर्गममा भएकाले ढिला गरी जानकारी आएको हो । रासस