
कन्चनपुर, असार १४ । नक्कली आमा बनेर नेपाली किशोरीहरुलाई भारततर्फ लैजाँदै गरेका दुई महिलालाई कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको छ ।
नक्कली आमा बनेर भारततर्फ लगिरहेका बेला सुर्खेतका दुई र कैलालीकी एकजना किशोरीको गड्डाचौकीबाट माइती नेपालले उद्धार गरेको हो ।
फुपू र दिदी नातापर्ने दुई महिलाले आमा बनेर १३ देखि १६ वर्षका किशोरीलाई भगाएर भारत लैजान लागेकाबेला सीमानाकाबाट उद्धार गरिएको माइती नेपाल कन्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्