
काठमाडौं, असार १४ । तालिबानको अपरहणबाट तीन वर्षपछि मुक्त भएका पाकिस्तानमा पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली हैदर गिलानीले दुई वर्षसम्म आफूलाई फलामे साङ्लोले बाँधेर राखेको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै गिलानीले अफगानिस्तानमा तालिबानले आफूलाई ‘सानो कोठमा राखेको र एक वर्षभन्दा बढी समय आकाशसमेत हेर्न नदिएको’ बताए ।
‘तालिबानको अपहरणमा रहँदा सानो छोरालाई सम्झिएर उसैका लागि भएपनि बाँच्नुपर्छ भन्ने मनमा आएको’ गिलानीको भनाइ थियो ।
तालिबानले शारीरिक यातना नदिएपनि मानसिक तनाव वर्णन गर्न नसकिने गिलानीले बताए ।
उनले अपरहणको समयमा हवाई र ड्रोन आक्रमणको त्रासकाबीच रणभूमिमा रहेको अनुभव भएको बताए ।
चाँडै नै राजनीतिमा पुनः फर्कने गिलानीको योजना छ । हालैमात्र अफगानिस्तानमा अप्mगान–अमेरिकी सेनाले गरेको विशेष अपरेसनबाट उनी अपरहणमुक्त भएका थिए ।
पाकिस्तानको मुल्तानमा पाकिस्तान पिपुल्स् पार्टीको चुनावी अभियानकाक्रममा अली अपहरणमा परेका थिए ।
सन् २०१३ मा अली पन्जाब प्रान्तको परिषद् सदस्यको निर्वाचनमा उम्मेदवार थिए ।
बन्दुकधारीले ¥यालीमा गोली चलाउँदै उनलाई चुनावको दुई दिनअघि अपहरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्