
काठमाडौं, असार १४ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायत एकजुट हुनुपर्ने बताएका छन् ।
युरोपियन युनियनबाट बेलायत बाहिरिने जनमत आएपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले आफ्नो राजीनामा घोषणा फिर्ता नहुने पनि बताए ।
जनमत संग्रहको निर्णयको समर्थन गर्दै क्यामरुनले आफ्ना उत्तराधिकारीले बेलायतलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
जनमत संग्रह लगत्तै पोल्याण्डका जनतालाई गरेको गाली गलौजको भत्सर्ना गर्दै क्यामरुनले बेलायतका लागि उनीहरुले दिएको योगदानको कदर गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्