
काठमाडौं, असार १४ । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् ।
घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटका कारण थुप्रै सवारी साधनमा पनि क्षति पुगेको छ ।
यमनमा आइएसको आक्रमणमा परी अहिलेसम्म ६ हजार ४ सय मानिस मारिएका छन् जसमा आधा जति सर्वसाधारण छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्