
काठमाडौं, असार १३ । जोर्डनमा इस्लामिक अतिवादी समूह आईएसले आत्मघाती ट्रक वम विष्फोट गराउँदा छ सैनिक मारिएका छन् ।
सिरियासँगको सीमा नजिक दुर्गम रुक्वान क्षेत्रमा आक्रमण गरिएको हो । यस क्षेत्रमा ५० हजार शरणार्थीको क्याम्पसमेत रहेको छ ।
आक्रमण अघि आईएसले जोर्डनको सीमा तोड्ने चेतावनी दिएको थियो । जोर्डन आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनको सदस्य राष्ट्र हो । जोर्डनको सैन्य विमानले सिरियामा आईएसविरुद्ध हवाई आक्रमण गरिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्