
काठमाडौं, असार १३ । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकामा आज सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४-२ ले हराँउदै चिलीले उपाधि जितेको हो ।
प्रतियोगिताको अघिल्लो संस्करणको फाईनलमा पनि अर्जेन्टिनालाई टाई ब्रेकरमा पराजित गर्दै चिलीले उपाधि जितेको थियो ।
आजको खेलमा अर्जेन्टिनाका लागि सर्वाधिक आशा गरिएका खेलाडी लियोनल मेस्सी र लुकास बिग्लीयाले पेनाल्टीमार्फत गोल गर्न सकेनन् ।
यसअघि खेलको पहिलो हाफमै अर्जेन्टिनाका मार्कस रोहो र चिलीका मार्सेलो डियाजले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए ।
जितसँगै चिलीले ईतिहासमा दोस्रो पटक कोपा अमेरिकाको उपाभि जितेको छ । यो जीतसँगै चिलीले अर्को वर्ष रुसमा हुने कन्फेडेरेशन कपमा दक्षिण अमेरिकी महादेशको तर्फबाट सहभागिता जनाउन पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्