९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राजकुमार ह्यारी अचानक सुपरमार्केटमा (फोटोफिचर)


0
Shares

लन्डन, असार १३ । केही महिना अघि नेपाल आएर भूकम्प प्रभावित क्षेत्रमा श्रमदान गरी प्रशंसा बटुलेका बेलायती राजकुमार ह्यारी बेलायतमै पनि सर्वसाधारणमाझ निकै लोकप्रिय छन् ।

केही दिनअघि उनी आफ्नो निवास नजिकैैको एक सुपरमार्केटमा सुटुक्क पुगे । आफ्नो लागि केही खानेकुरा किन्नका लागि उनी त्यसरी सुपरमार्केटमा पुगेका हुन् ।

उनी सामान्य रुपमा सुपरमार्केट पुगेपछि उपस्थित सबै चकित भएका थिए ।

पश्चिम लन्डनको वेस्टरोज सुपरमार्केटमा उनले केही खाद्यान्न र फलफुल खरिद गरेका थिए ।

नीलो जिन्स पाइन्ट, कालो ज्याकेट र बेसबल क्याप लगाएर उनी सुपरमार्केट पुगेका थिए । केहीबेरको किनमेलपछि उनी एउटा झोलामा सामान बोकेर फर्किएका थिए ।

सुपरमार्केटमा उनका साथ दुई अंगरक्षकमात्र थिए ।

ह्यारी बेलाबखत यसरी नै किनमेलका लागि जाने गरेको बताइन्छ । सोही सुपरमार्केटमा उनी यसअघि पनि अण्डा खरिद गर्न पुगेका थिए । (एजेन्सी)