१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश


0
Shares

पेरिस, असार १३ । फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

जर्मनीले स्लोभाकियालाई ३–० ले हराउँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन जेरोमी बोआटिङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक–एक गोल गरे ।

युरो कप फुटबलमा बेल्जियम पनि शानदार लयमा फर्किएको छ । गएराति भएको खेलमा हंगेरीलाई ४–० ले हराउँदै बेल्जियम क्वाटरफाईनलमा पुगेको हो । खेलमा बेल्जियमलाई विजयी गराउन टोबी अल्डरवेराल्ड, एडिन हाजार्ड, मिचु बात्सुई र कारास्कोले एक–एक गोल गरे ।

गएरातिको फराकिलो जितसँगै बेल्जियमले जारी प्रतियोगितामा ताजा दावेदारी पस्किएको छ ।

युरोकप फुटबलमा आज प्रि क्वाटरफाईनलका दुई खेल हुनेछन् । आज बेलुकी पौने १० बजे इंग्ल्याण्डले आईसल्याण्डसँग खेल्दा राति पौने १ बजे ईटाली र स्पेन भिड्नेछन् । आजका खेलहरुपछि प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा हुनेछ ।