
काठमाडौं, असार १२ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधि छिनोफानो सोमबार बिहान हुँदैछ ।
उपाधिका लागि अर्जेन्टिना र चिली भिड्दै छन् । सेमिफाइनलमा अमेरिकालाई हराउँदै अर्जेन्टिना तथा कोलम्बियालाई हराउँदै चिली फाइनलमा पुगेको हो ।
यो फाइनललाई यसअघिको संस्करणको रिप्लेका रूपमा लिइएको छ ।
यसअघि पनि फाइनलमा यिनै दुई टिम भिडेका थिए । अघिल्लो संस्करणमा चिलीले उपाधि जितेकामा अर्जेन्टिना उपविजेतामै थन्किएको थियो । यसपटक दुवै टिम समूह चरणमा भिडेकामा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्