१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चितुवाको छालासहित तीनजना पक्राउ


0
Shares

बर्दिया, असार १२ । बर्दियामा चितुवाको छाला किनबेचको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय भुरीगाउँको संयुक्त टोलीले गएराति बबई नगरपालिका वडा नम्बर १ बाट उनीहरुलाई एउटा चितुवाको छालासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहाकी जनपुरा विक, कमल शाही र लोकजङ्ग विक छन् ।

प्रहरी कार्यालय बर्दियाले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सावर्जनिक गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।