१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकप : यस्ता छन् आजका ‘रोमाञ्चक’ खेलहरु


0
Shares

काठमाडौं, असार ११ । फ्रान्समा जारी युरो कप फुटबलमा आजबाट प्रि–क्वाटर फाइनलका खेलहरु सुरु हुदै छन् ।

६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका १२ तथा उत्कृष्ट तेस्रो चार टिम अन्तिम १६ मा पुगेका छन् ।

नकआउट चरणका ८ खेल तीन दिनमा सकिने छन् । पहिलो दिन आज प्रतियोगितामा तीन खेल हुँदैछन् ।

पहिलो खेलमा समूह ए को उपविजेता स्वीट्जरल्यान्डले समूह सीको उपविजेता पोल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।  खेल नेपाली समयअनुसार बेलुका पौने सात बजे सुरु हुने छ ।

राति पौने १० बजे समूह ए को विजेता वेल्सले उत्कृष्ट तेस्रोको रुपमा अन्तिम १६ मा प्रबेश पाएकोे नर्दन आयरल्यान्डसँग खेल्ने छ ।

यस्तै आजै राति पौने १ बजे हुने खेलमा समूह डीको विजेता क्रोएसियाले उत्कृष्ट तेस्रोको रुपमा आएको पोर्चुगलसँग खेल्ने छ ।