
काठमाडौं, असार १० । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड’ मा डिसहोमले योपटक पनि साथ दिएको छ ।
साउन ६ गते काठमाडौंमा हुने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ का लागि मञ्च र डिसहोमबीच प्रायोजन सम्झौता नवीकरण भएको हो ।
शुक्रबार मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
लगातार छैटौं वर्ष भएको सम्झौताअनुसार डिसहोम ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सह–प्रायोजक बनेको छ ।
सहप्रायोजन सम्झौताअनुसार डिसहोमले १८ ओटा सेटअप बक्ससहित सहप्रयोजनको रकम चार लाख ५० हजार रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।
अवार्डमा आठ विधाका विजेतालाई सेटअप बक्स र एक वर्षसम्मको सेवा निःशुल्क दिने डिस मिडियाका सुदीप आचार्यले बताए ।
वर्षको लोकप्रिय खेलाडीका लागि हुने एसएमएस भोटिङमा सहभागी हुनेमध्ये ‘लक्की ड्र’मार्फत् पाँचजनालाई पनि डिसहोमको सेटअप बक्स दिइने छ ।
२०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, पारा एथ्लिट र वर्षका उत्कृष्ट प्रशिक्षक, एसएमएस भोटिङको आधारमा हुने लोकप्रिय खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट गरी आठ विधामा अवार्ड दिइने छ ।
लोकप्रिय खेलाडीको मनोनयन असार १७ गते शुक्रबार सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्