८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जनमत संग्रहको नतिजालगत्तै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


0
Shares

लन्डन, असार १० । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् ।

युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे बिहीबार देशभर गराइएको जनमत संग्रहको नतिजा शुक्रबार सार्वजनिक भएलगत्तै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले जनमत संग्रहको नतिजा आफूले सम्मान गर्ने पनि बताए ।

उल्लेखनीय छ, प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट बेलायत छुट्टिनु हुँदैन भन्ने पक्षमा थिए । तर जनमत संग्रहमा करिब ५२ प्रतिशत बेलायती जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरेका छन् ।

पत्नी सामन्थाका साथ उभिएर क्यामरुनले विगत ६ वर्षदेखि प्रधानमन्त्रीका रुपमा आफूले सेवा गर्ने मौका पाएकोमा गर्व लागिरहेको बताए । तर युरोपेली युनियनबाट मुलुकलाई अलग्याएर आफू नयाँ यात्राको जहाजको कप्तान बन्न नसक्ने उनको भनाइ थियो । (एजेन्सी)