२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

भाइबरले नेपालमा लगानी गर्ने


0
Shares

काठमाडौं, असार ९ । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ ।

भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो ।

भाइबरले नेपालको स्थानीय नेपाली भाषामा स्टिकर उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ ।

कम्पनीले विहीबार राजधानीमा एक कार्यक्रम गरी आफ्ना योजनाबारे जानकारी गराएको हो ।

भाइबरका लागि नेपाल राम्रो बजार भएकाले भविष्यमा थप लगानी गर्न र नयाँ योजनाहरु ल्याउन इच्छुक रहेको कम्पनीले जनाएको छ ।

विश्वभरि ७ करोडभन्दा धेरै प्रयोगकर्ता रहेको भाइबरको नेपालमामात्रै ४५ लाख प्रयोगकर्ताहरु रहेको कम्पनीको दाबी छ ।