१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोपा अमेरिकाको उपाधिका लागि चिली र अर्जेन्टिना भिड्ने


0
Shares

काठमाडौं, असार ९ । कोलम्बियालाई हराउँदै चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको शिकागोमा आज बिहान भएको दोस्रो सेमिफाइनलमा चिली २–० ले विजयी भयो ।

खेलमा चिलीलाई विजयी गराउन चाल्र्स अरान्ग्वेज र होजे फ्युन्दालिजाले पहिलो हाफमै एक–एक गोल गरे । दोस्रो हाफ सुरु हुनुपूर्व भने खराब मौसमका कारण खेल अढाई घण्टासम्म रोकिएको थियो ।

शिकागोको रंगशाला माथि आकाशमा लगातार विजुली चम्किएपछि आयोजकहरुले खेल रोक्दै दर्शकहरुलाई सुरक्षित स्थानमा जान सुझाव दिएका थिए ।

वर्षा रोकिएर मौसममा सुधार आएपछि झण्डै साँढे दुई घण्टापछि दोस्रो हाफको खेल सुरु गरिएको थियो । दोस्रो हाफमा कोलम्बियाले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि गोल गर्न भने सकेन ।

५७ औं मिनेटमा कार्लोस सान्चेज दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि कोलम्बिया १० जनामा समेटियो ।

यो जितसँगै चिलीले सोमवार बिहान हुने फाइनल खेलमा अर्जेन्टिना विरुद्धको उपाध भिडन्त तय गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

कोपा अमेरिका फुटबलको अघिल्लो संस्करणको फाईनलमा पनि यीनै दुई टोली भिड्दा अर्जेन्टिनालाई टाई ब्रेकरमा हराउँदै चिलीले उपाधि जितेको थियो ।