७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चकलेटी नयनको सपना :‘प्रतिभा देखाएरै स्टार बन्छु’


0
Shares

काठमाडौं, असार ९ । नेपाली मोडलिङ तथा कलाकारिता क्षेत्रमा क्षमतावान वा अनुभवीलाई भन्दा पनि आफ्ना मान्छेलाई अवसर दिने परम्परा छ । तर सालिन र भद्र स्वाभावका नयन डिसीले कसैका निम्ती ‘आफ्नो मान्छे’ बन्नुपरेको छैन् ।

कलाकारिता क्षेत्रबाटै स्टार बन्ने इच्छा लिएर काठमाडौंमा उत्रिएका उनी हिजोआज फूर्सदमा छैनन् । दैनिक म्यूजिक भिडियो सुटिङ तथा निर्देशकहरुसँग भेटघाटमा व्यस्त छन् । करिब डेढ दर्जन बढी नेपाली गीतमा मोडलिङको अनुभव बटुलेका नयन डिसीलाई निर्देशन क्षेत्रमा क्रियाशिल हुने इच्छा छ ।

‘पाथी भरेसी’, ‘रातो सारी सितारा टल्केको’, ‘घरछेउमा फुल्यो पारिजात’, ‘झल्को आउँछ’, ‘छोडेर गयौ’लगायत फरक–फरक विधाका गीतमा मोडलिङको अनुभव संगालेका डिसीले ‘मेरो कर्ममा थिइनौ’ गितबाट निर्देशनको आरम्भ गरिसकेका छन् । ‘आफ्नै क्षमता र प्रतिभा देखाएर अघि बढीरहेको छु’ उनले अनुभव सुनाए ।

वि स २०६४ सालदेखि कलाकारिता क्षेत्रमा सक्रिय बनेका डिसी पछिल्लो समयमा नेपाली चलचित्र, लोकदोहरी, तीज, भूकम्प विशेष ,आधुनिकजस्ता डेढ दर्जन गीतमा मोडलिङको अनुभव गरेका छन् ।

दाङमा जन्मिएका उनी पैसाभन्दा आफ्नो मान र सम्मानका लागि यस क्षेत्रमा लागेको बताउँछन् । “मोडलिङ क्षेत्रमा एकदमै गाह्रो छ तर मान र इज्जतका लागि यस क्षेत्रमा निरन्तर लाग्नेछु ।”

५ फिट ७ इन्च उचाई र ६५ किलोका उनी विहान ४ बजे उठेर डान्स एरोविक कक्षा लिन्छन् । नियमित व्ययाम र हल्का खानामा रुची राख्ने उनी शरीरलाई सधैं फिटनेस राख्न रुचाउँछन् ।