८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


डोनाल्ड ट्रम्पको आरोपः ‘क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट’


0
Shares

काठमाडौं, असार ९ । अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका छन् ।

ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका क्रममा आफूसँग प्रतिस्पर्धा गर्ने महिला विश्वस्तरकै झुठ भएको दाबी गरे ।

उनले विदेशमन्त्री भएर क्लिन्टनले राजनीतिक फाइदा उठाउन खोजेको आरोपसमेत लगाए । न्यूयोर्कमा गरेको एक भाषणमा ट्रम्पले जनतालाई गरिब बनाएर क्लिन्टन धनी बनिरहेको बताए ।

क्टिन्टनको स्वभाव र क्षमता पनि राष्ट्रपति बन्न लायक नभएको उनको भनाइ थियो । ट्रम्पले क्लिन्टन कट्टरपन्थी इस्लामको खतरालाई पनि स्वीकार गर्न नचाहेको बताए । यसैबीच क्लिन्टनले भने ट्रम्पको भाषणलाई झुठको संज्ञा दिएका हुन् । (एजेन्सी)