८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतले एकै पटक २० वटा उपग्रह अन्तरिक्षमा पुर्‍यायो


0
Shares

काठमाडौं, असार ८ । भारतले एक साथ २० वटा उपग्रह अन्तरिक्षमा पुर्‍याएको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन केन्द्रबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।

भारतले एकै पटक २० वटा उपग्रह अन्तरिक्षमा छोडेको यो पहिलो पटक हो । यसमा भारतका तीन र १७ विदेशी उपग्रह समावेश गरिएका छन् ।

यस अघि अमेरिका र रुसले मात्र यस्तो प्रक्षेपण गरेका थिए । यो परिक्षणबाट भारतलाई अन्तरिक्ष बजारको उदाउदो महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ । (एजेन्सी)