
काठमाडौं, असार ८ । हाँस्य व्यङ्ग्य लोक दोहोरी गीत ‘बल्छी ध्रुवे गयो’ अहिले बजारमा छ । गत हप्ता युट्युव मार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
राजेन्द्र सुवेदीको शब्दमा लब कुमार भट्टको संगीत र स्वरमा यो गीत बजारमा आएको छ । भट्टलाई मीना अधिकारीले स्वरमा साथ दिएकी छिन् ।
विल्कुलै ठेट नेपाली भाकामा गाइएको हाँस्य व्यङ्ग्य गीत, चर्चित नेपाली हाँस्य कलाकार बल्छी ध्रुवे र प्याकुलीलाई केन्द्रमा राखेर लेखिएको र यो गीतमा उनीहरुले नै अभिनय गरेको गीतकार सुवेदीले जानकारी दिए ।
गोरखा चौतारी म्युजिक कम्पनी मार्फत बजारमा आएको यो गीत गोरखाकै नारेश्वर दुम्श्रीका लब कुमार भट्टले बजारमा ल्याएका हुन् । भट्ट लोक संचारकर्मी पनि हुन् ।
पुलिसमा भर्ति भा’को छु ,जीवन दर्पण छायाँ, कस्ले आफ्नो भन्छ लगायतका गीतहरु बजारमा ल्याएका भट्टले आउने दिनमा काठमाडौँको व्यस्त सडक व्यवस्थापनका निम्ती जनचेतनामूलक गीत बजार ल्याउने पनि बताए ।
आफ्नै शब्द, संगीत र स्वरमा सजिएको आधुनिक गीत स्रोता माझ छिट्टै ल्याउने तयारी गरिरहेको पनि गायक लब कुमार भट्टले इमेज खबर डट कमलाई जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्