१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आयोजकविरुद्ध शानदार जित निकाल्दै अर्जेन्टिना फाइनलमा


0
Shares

काठमाडौं, असार ८ । आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो ।

खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए भने दोस्रो हाफमा गोन्जालो हिगुवानले दुई गोल गरेपछि अर्जेन्टिनाले ४–० को शानदार जित दर्ता गरेको हो ।

यो खेलमा गोल गरेसँगै लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

मेसीले ५५ अन्तराष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विहीबार बिहान चिली र कोलम्बिया भिड्नेछन् ।