१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


मेसीले बनाए नयाँ कीर्तिमान


0
Shares

काठमाडौं, असार ८ । अर्जेन्टाइनी स्टार लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधबार बिहान आयोजक अमेरिकाविरुद्ध मध्यान्तरअघि नै एक गोल गरेपछि उनले यो कीर्तिमान हासिल गरेका हुन् ।

मेसीले अर्जेन्टिनाका लागि ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।

कोपा अमेरिका फुटबलको सेमिफाइनल खेलहरु बुधबार (आज)देखि सुरु भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अमेरिका र अर्जेन्टिना भिडेका हुन् ।

मध्यान्तरसम्म अर्जेन्टिनाले २–० को अग्रता लिएको खेलमा अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए ।