१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


अमेरिकाले अर्जेन्टिनालाई रोक्ला ?


0
Shares

काठमाडौं, असार ७ । अमेरिकाको क्यालिफोर्नियामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार बुधबार बिहान आयोजक अमेरिका र अर्जेन्टिना भिड्दै छन् ।

पहिलोपटक प्रतियोगिता आयोजना गरेको अमेरिकाले फाइनलमा पुगेर कीर्तिमान राख्न चाहन्छ भने निकै फर्ममा देखिएको अर्जेन्टिना जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

क्वार्टरफाइनलमा अमेरिकाले इक्वेडरलाई २–१ ले तथा अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ ले पराजित गरेको थियो ।

खेल बिहान पौने ७ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार चिली र कोलम्बिया भिड्ने कार्यक्रम छ ।